rccorg.org

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैनः मन्त्री ढकाल

By Rupandehi Chamber of Commerce September 4, 2025 112 views 0

बुटवल, २६ चैत्र ।
असहमतिका कुरा संवैधानिक ढंगबाट राख्न दिएको सम्बैधानिक अधिकारको दुरुपयोग गरि वर्तमान व्यवस्थामाथि भैरहेको हमलालाई लोकतान्त्रिक शक्तिहरुले स्वीकार्न नसक्ने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले दाबी गरेका छ । देशमा देखिएको पछिल्लो गतिविधिलाई औल्याउदै उनले जनताको लामो लडाईबाट प्राप्त अधिकार खोस्न जुन प्रकारको अराजक र नकारात्मक राजनीतिको आडमा जनतालाई आंतकित पार्ने काम राज्यबाट नियन्त्रणमा लिएर कानुनी कारवाहि गर्ने प्रतिवद्धता व्यक्त गरे । रुपन्देही व्यापार संघले मंगलवार बुटवलमा आयोजना गरेको नव वर्ष २०८२ को शुभकामना आदानप्रदान, क्यालेन्डर तथा बुलेटिन विमोचन कार्यक्रममा बोल्दै मन्त्री ढकालले २०८१ साल नेपाली जनता तथा आम उद्योगी व्यवसायीहरुका लागि सोचेंको जस्तो सहज हुन नसकेको बताए ।
आगामी वर्षलाई समृद्धि र कार्यान्वयनको बर्षका रुपमा बनाउन लाग्ने उनले बताए ।

Views: 112 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top