बुटवल, १४ माघ । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले आफुसंग आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ । यसैक्रममा बुधबार संघमा पोल्ट्रीजन्य व्यवसायीहरुको भेला सम्पन्न भएको छ । संघको सचिवालयमा सम्पन्न उक्त भेलाले रमेश भुसालको संयोजकत्वमा १५ सदस्यीय पोल्ट्रीजन्य वस्तुगत उपसमिति गठन गरेको छ । पोल्ट्रीजन्य वस्तुगत उपसमितिको सह–संयोजकमा रमेश आचार्य, सचिवमा हरि वसेल, कोषाध्यक्षमा रविन खरेल, सह–सचिवमा कमल बस्याल, सदस्यहरु रेखा जि.सी., खिमानन्द गैरे, डोलबहादुर सारु, मधुसुदन बस्नेत, अनिल पाण्डे, सागर घिमिरे, रुद्र आचार्य, राज शर्मा (रञ्जित), राजु खड्गी, मनिस राना र सल्लाहकारहरु जिवनारायण घिमिरे (जिवन), गोविन्द खड्का, रामबहादुर खत्री, टंकप्रसाद पन्थ, लक्ष्मण प्रसाद श्रेष्ठ, प्रदिप कुँवर, सन्तोष कार्की, प्रकाश श्रेष्ठ, रोहित भुसाल, हिमलाल पन्त, युवराज पन्त, प्रकाश भण्डारी रहनुभएको छ ।
भेलामा बोल्दै कार्यक्रमको प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उहाँले एकताबद्ध अभियान र सांगठनिक सहकार्यबाटै समस्याहरुको समाधान हुने बताउदै व्यवसायको सफलताको समेत शुभकामना दिनुभयो ।
कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यसमिति सदस्य मिनप्रसाद नेपाल (बिमल)ले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित संयोजक रमेश भुसालले आफ्नो कार्यकालमा रचनात्मक क्रियाकलापहरु साथै व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, द्वितिय उपाध्यक्ष मनहरि बस्याल, महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, सह–कोषाध्यक्ष जिवनारायण घिमिरे (जिवन), कार्यसमिति सदस्य मनिराम खनाल (मणि), माधवप्रसाद ज्ञवाली, मुरारीराज भण्डारी लगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिनु भयो ।
कार्यक्रम संघका कार्यसमिति सदस्य मिनप्रसाद नेपालको अध्यक्षता र पोल्ट्रीजन्य वस्तुगत उपसमितिका सचिव प्रकाश भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।











