rccorg.org

व्यापार संघमा छुट्टाछुट्टै वस्तुगत उपसमिति गठन

By Rupandehi Chamber of Commerce January 29, 2026 3 views 0

बुटवल, १५ माघ । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले आफुसंग आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ । रुपन्देही व्यापार संघमा आवद्ध सुनचाँदी, अटोमोवाइल्स, रिकण्डिसन, किराना तथा इलेक्ट्रिक एवं इलेक्ट्रोनिक्स व्यवसायीहरुको वृहत भेलाले वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले दलबहादुर रिसालको संयोजकत्वमा १० सदस्यीय सुनचाँदी वस्तुगत उपसमिति, कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा ११ सदस्यीय अटोमोवाइल्स वस्तुगत उपसमिति, गंगाधर न्यौपानेको संयोजकत्वमा ७ सदस्यीय किराना वस्तुगत उपसमिति र कुमार तामाङ्गको संयोजकत्वमा १३ सदस्यीय इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुगत उपसमिति गठन गरेको हो ।
सुनचाँदी वस्तुगत उपसमितिको सह–संयोजकमा बलबहादुर सुनार, सचिवमा ओमप्रकाश सुनार, कोषाध्यक्षमा विष्णुबहादुर सुनार, सह–सचिवमा लक्ष्मण सेन्चुरी, सदस्यहरुमा राजु वराल, असिम सुनार, मनिक वि.क., प्रकाश विश्वकर्मा, डि.वि. सेन्चुरी र सल्लाहकारहरुमा हरि गहतराज, हरि सुनार, गकुल विश्वकर्मा रहेका छन् । यस्तै अटोमोवाइल्स वस्तुगत उपसमितिको सह–संयोजकमा शंकर काफ्ले, सचिवमा बलाराम खत्री, कोषाध्यक्षमा अरुण पौडेल, सह–सचिवमा अर्जुन पोखरेल, सदस्यहरुमा शुसिल श्रेष्ठ, नविन प्रधान, आसिम घिमिरे, लेखनाथ भण्डारी, ध्यानबहादुर राई, चन्द्र पोख्रेल र सल्लाहकारहरुमा ठाकुरप्रसाद आचार्य, सुशिल पाण्डे, नारायणप्रसाद खनाल रहेका छन् । यस्तै किराना वस्तुगत उपसमितिको सह–संयोजकमा दिपक काफ्ले, सचिवमा सम्झना पाण्डे, कोषाध्यक्षमा शालिकराम बस्याल, सह–सचिवमा कृष्ण सापकोटा, सदस्यहरु सारदा श्रेष्ठ, सुवर्ण ध्वजु र सल्लाहकारमा जिवनारायण घिमिरे, गोपालकुमार प्रधान, शंकर पाण्डे रहेका छन् । यस्तै इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुगत उपसमितिको सह–संयोजकमा रविलाल पोखरेल, सचिवमा रिमा देवकोटा, कोषाध्यक्षमा सुवास घिमिरे, सह–सचिवमा कृष्ण घिमिरे, सदस्यहरु पदम घिमिरे, प्रेम नेपाली, राजकुमार भट्टराई, वसन्तकुमार कसौधन, शालिकराम पौडेल, तेजबहादुर कुँवर, बालकृष्ण गैरे, पिताम्बर न्यौपाने र सल्लाहकारहरु नारायण बस्याल, घनश्याम पराजुली रहेका छन् ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्दे व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगी बन्न आग्रह गर्नु भयो ।
कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा नवनिर्वाचित संयोजकहरुले आफ्नो कार्यकालमा रचनात्मक क्रियाकलापहरु साथै व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
भेलामा संघका द्वितिय उपाध्यक्ष मनहरि बस्याल, महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, सचिव वृन्दा भट्टराई आचार्य, सह–कोषाध्यक्ष जिवनारायण घिमिरे (जिवन), कार्यसमिति सदस्य केदारनाथ नेपाल, सरोजकुमार गहतराज, टेकराज पन्थी, गोविन्दप्रसाद चापागाई, सरोज ज्ञवाली, हरि सुनार मुरारीराज भण्डारी, प्रेमनाथ पाण्डे, मनिराम खनाल (मणि) र माधवप्रसाद ज्ञवाली लगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिनु भयो ।

Views: 3 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top