rccorg.org

व्यापार संघद्वारा परिचयात्मक कार्यक्रम

By Rupandehi Chamber of Commerce February 1, 2026 3 views 0

बुटवल १८ माघ । रुपन्देही व्यापार संघद्वारा आउनुभएका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवसँग स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । हालै मात्र इलाका प्रहरी कार्यालय बुटवलमा सरुव भई आउनुभएका श्रीवास्तवसँग संघले आफ्नो सचिवालयमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले उहाँलाई स्वागत गर्दै समग्र बुटवलको व्यापार व्यावसायको स्थिति र शान्ति सुरक्षाका विषयमा धारणा व्यक्त गर्नुभएको थियो । यस्तै प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले आफू बुटवलमा रहुन्जेल निर्धक्क रुपमा व्यापार व्यावसाय गर्न व्यापारीहरुलाई वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमितिको उपस्थिति रहेको थियो ।
कार्यक्रम संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको स्वागत, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डेको धन्यवाद एवं महासचिव प्रकाशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Views: 3 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top