rccorg.org

व्यापार संघमा फेन्सी र गल्ला तथा खाद्यन्न वस्तुगत उपसमिति गठन

By Rupandehi Chamber of Commerce February 3, 2026 3 views 0

बुटवल, २० माघ । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले आफुसंग आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ । रुपन्देही व्यापार संघमा आवद्ध फेन्सी एवं गल्ला तथा खाद्यन्न व्यवसायीहरुको वृहत भेलाले वस्तुगत उपसमिति पूर्नंगठन गरेको छ । संघको सचिवालयमा भएको छुट्टाछुट्टै भेलाले विष्णुहरि भण्डारीेको संयोजकत्वमा १८ सदस्यीय फेन्सी वस्तुगत उपसमिति र पुष्कर घिमिरेको संयोजकत्वमा १० सदस्यीय गल्ला तथा खाद्यन्न वस्तुगत उपसमिति गठन गरेको हो ।
फेन्सी वस्तुगत उपसमितिको सह–संयोजकमा भरत पाण्डे, सचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा वेगु पाण्डे, सह–सचिवमा कल्पना ज्ञवाली, सदस्यहरुमा हरि ज्ञवाली, रेशम भण्डारी, सन्तोष थापा, गोपाल ज्ञवाली, रामु गोदार, विरन बस्नेत, गोविन्द भण्डारी, डोरप्रसाद पोख्रेल, पिताम्बर भट्टराई, सवि खनाल, लक्ष्मी ज्ञवाली, शंकर कुँवर, सन्तोषकुमार अग्रहरी र सल्लाहकारहरुमा बालकृष्ण बस्याल, जिवलाल पौडेल, गोकर्ण गिरी, धु्रव ज्ञवाली, युवराज पन्त, केशव ज्ञवाली, खुमानन्द खनाल, भेषराज सापकोटा (राजु), दिपकनारायण श्रेष्ठ, पदम थापा रहनुभएको छ । यस्तै गल्ला तथा खाद्यन्न वस्तुगत उपसमितिको सह–संयोजकमा रोमन अधिकारी, सचिवमा तोयनाथ बस्याल, कोषाध्यक्षमा शोभाखर भण्डारी, सह–सचिवमा नरेश ढुंगाना, सदस्यहरुमा मुरारी गिरी, हरि न्यौपाने, सुरज श्रेष्ठ, विश्वास नेपाल, आषुतोष केशरी र सल्लाहकारहरुमा झविन्द्र अधिकारी, माधवराज पोखरेल, महेश अर्याल रहनुभएको छ ।
कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यसमिति सदस्य विजय ज्ञवाली र गल्ला उपसमिति संयोजक महेश अर्यालले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित संयोजक विष्णुहरि भण्डारी र पुष्कर घिमिरेले आफ्नो कार्यकालमा रचनात्मक क्रियाकलापहरु साथै व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
भेलामा बोल्दै कार्यक्रमको प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायीहरुको एकताले मात्र व्यवसायिक समस्या समाधान गर्न सकिने बताउदै संघका लागि वस्तुगत उपसमितिहरु आधारस्तम्भ भएको जिकिर गर्नु भयो । उहाँले संघको गरिमा र उद्देश्य पुरा गर्न उपसमितिको सक्रियता र व्यवसायीहरुको खबरदारी जरुरी हुने उल्लेख गर्दै व्यापार संघ सधै व्यवसायीहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भेलामा संघका महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, कार्यसमिति सदस्यहरु टेकराज पन्थी, सरोज ज्ञवाली, प्रेमनाथ पाण्डे, मनिराम खनाल, माधवप्रसाद ज्ञवाली, धर्मदत्त ज्ञवालीलगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा प्रकास पार्दै बस्तुगत उपसिमितिहरुले रचनात्मक क्रियाकलापहरु अगाडि बढाउने बिश्वास व्यक्त गर्नुभएको थियो ।
भेलाको अध्यक्षता संघका कार्यसमिति सदस्य विजय ज्ञवालीले गर्नुभएको थियो भने संचालन फेन्सी वस्तुगत उपसमितिका सचिव भरत पाण्डेले गर्नुभएको थियो । संघले फरक फरक प्रकृतिका २६ वटा वस्तुगत उपसमिति पूनगर्ठन गर्नेछ भने हालसम्म १६ वटा वस्तुगत उपसमितिहरु गठन÷पूनगर्ठन भइसकेको संघका कार्यकारी प्रमुख सरोज पोखरेलले बताउनुभयो ।

Views: 3 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top