बुटवल २८ माघ । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ । यसैक्रममा बुधबार संघमा आवद्ध कृषि एवं युवा उद्यमी व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । कृषि एवं युवा उद्यमी व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै पुनः नेत्रप्रसाद अधिकारी (विष्णु)को संयोजकत्वमा ११ सदस्यीय कृषि वस्तुगत उपसमिति र पुनः शालिकराम न्यौपानेको संयोजकत्वमा १३ सदस्यीय युवा उद्यमी वस्तुगत उपसमिति गठन गरेको हो ।
कृषि वस्तुगत उपसमितिको सह–संयोजकमा कमलप्रसाद आचार्य, सचिवमा तुल्सीराम रिजाल र कोषाध्यक्षमा भेषराज भट्टराई रहनु भएको छ । यस्तै सदस्यहरुमा राजन वर्णवाल, रामप्रसाद मरासिनी, राजु पोखरेल, उमानाथ पौड्याल, चन्द्रलाल आचार्य, विपिन अग्रहरी, कृष्णमणि खनाल र सल्लाहकारहरु कृष्णप्रसाद पोखरेल, भिमकान्त पन्थी, बाबुराम भुसाल, मो याकुव, मनिष वर्नवाल रहनु भएको छ । आजै सम्पन्न युवा उद्यमी वस्तुगत उपसमितिको सह–संयोजकमा योगेन्द्र कंडेल, सचिवमा हरिकृष्ण सुवेदी, कोषाध्यक्षमा पिताम्बर पाण्डे., सह–सचिवमा कमल खनाल रहनुभएको छ । यस्तै सदस्यहरुमा दुर्गानाथ पाण्डे, सागर आचार्य, दिपक पौडेल, घनश्याम पोख्रेल, प्रेमराज पन्थ, अमृत घिमिरे, देवराज खनाल, गौरव पाण्डे र सल्लाहकारहरु गणेश पन्थ, देवीदत्त कंडेल रहनुभएको छ ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहाले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगि बन्न आग्रह गर्नु भयो । उहाँले रुपन्देही व्यापार संघ आम व्यापारी व्यावसायीको आशा र भरोसाको केन्द्र समेत भएकोले व्यावसायी समस्याको समाधानमा एकजुट भएर लाग्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा नवनिर्वाचित संयोजक नेत्रप्रसाद अधिकारी (विष्णु) र शालिकराम न्यौपानेले आफ्नो कार्यकालमा रचनात्मक क्रियाकलापहरु, कृषि र युवा उद्यमी व्यवसायीहरु एकुजट भई व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा संघका महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, सचिव जयलाल न्यौपाने, संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपाल, कार्यसमिति सदस्य केदारनाथ नेपाल, टेकराज पन्थी, अशोक ज्ञवाली, गोविन्द चापागाई, प्रेमनाथ पाण्डे, मनिराम खनाल (मणि), माधवप्रसाद ज्ञवालीलगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिनु भयो । कार्यक्रम कृषि वस्तुगत उपसमितिका संयोजक नेत्रप्रसाद अधिकारी (विष्णु) अध्यक्षता, युवा उद्यमी वस्तुगत उपसमितिका संयोजक शालिकराम न्यौपानेको स्वागत एवं युवा उद्यमी वस्तुगत उपसमितिका सह–संयोजक योगेन्द्र कंडेलको संचालनमा सम्पन्न भएको थियो ।















