rccorg.org

थान कपडा वस्तुगत उपसमितिद्वारा नन्दनी गौशालामा आहार वितरण

By Rupandehi Chamber of Commerce April 21, 2026 4 views 0

बुटवल, ७ गते । रुपन्देही व्यापार संघ अन्तर्गतको थान कपडा वस्तुगत उपसमितिद्वारा अक्षयतृतीयको अवसरमा बुटवल– ७, शिवनगर स्थित नन्दनी गौशालामा रहेका गाईवस्तुहरुका लागि आहार (खाद्यन्न) सहयोग कार्यक्रम सम्पन्न भएको छ ।
आहार वितरण कार्यक्रममा प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले गौशालामा रहेका गाईवस्तुहरुलाई दाना तथा आहार खुवाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथिले व्यवसायिक लाभसँगै समाज र प्राणी जगतको सेवामा लाग्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो गौमाताको सेवा गर्नु सनातन धर्म र मानवीय धर्म दुवै हो । थान कपडा उपसमितिले देखाएको यो सक्रियता अन्य उपसमितिहरुका लागि पनि प्रेरणाको स्रोत बन्नेछ ।
कार्यक्रमका संघका कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराईले संस्थालाई अझ सशक्त बनाउन र यस्ता पुण्य कार्यलाई निरन्तरता दिन सबै सदस्यहरुलाई सक्रिय सहभागिता र सहयोगको आवश्कयता रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा थान कपडा वस्तुगत उपसमितिका संयोजक भिष्मप्रसाद सापकोटाले संस्थाले व्यावसायिक हकहितका साथै बेलाबेलामा यस्ता सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति, वस्तुगत उपसमिति लगायतको उपस्थिति रहेको थियो । वस्तुगत उपसमितिका संयोजक भिष्मप्रसाद सापकोटाको अध्यक्षता एवं सचिव कृष्णप्रसाद पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Views: 4 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top