रुपन्देही व्यापार संघ सल्लाहकार परिषदको सम्योजकमा माधब नेपाल चयन हुनुभएको छ । शुक्रबार संघको सचिवालयमा सम्पन्न पदाधिकारी तथा सल्लाहकारको भेलाबाट नेपाल संयोजक पदमा चयन हुनुभएको हो । रुपन्देही व्यापार संघको विधान बमोजिम संस्थागत विकास र व्यवसायीहरुलाई थप गति दिन सल्लाहकार परिषद समिति गठन गर्ने ब्यबस्था रहेको छ। कार्यक्रमकै अवसरमा संघका अध्यक्ष प्रकाश ढकालले संघले हालसम्म गरेका गतिविधिहरु जानकारी गराउदै संघले आगामी दिनमा गर्न सकिने कार्यक्रमहरुकाका सन्धर्भमा सल्लाहकारहरुको राय सुझाव संकलन गरिएको बताउनुभयो । कार्यक्रममा संघका सल्लाहकार जोगलाल वि.क., बैकुण्ठप्रसाद कोइराला, तेजप्रसाद सुनार, गोविन्द घिमिरे, तुल्सीराम बञ्जाडे, मनिमदिन मिया, खिमानन्द पोखरेल, नगेन्द्र आचार्य, वजिर शाह, दधिराम खरेल, हेमबहादुर थापा, लेखनाथ ढकाल, शेरबहादुर के.सी., नारायण घिमिरे,मुकुन्द ज्ञवाली लगायतले रुपन्देही क्षेत्रको व्यापार व्यवसायीको संरक्षण र नीतिगत सुधारका लागि कार्यसमितिलाई आवश्यक सल्लाह र सुझाव दिदै संघले शिक्षा र स्वास्थ्य सङ्गै पर्यटनको क्षेत्रमा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।कार्यक्रम संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको स्वागत तथा महासचिव प्रकाशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।




