बजार अनुगमनको क्रममा व्यावसाय स्थलमा अनिवार्य रूपमा हुनुपर्ने अवस्था तथा आवश्यक कागजातहरू
१. सबैले देख्ने गरी दैनिक मूल्य सूची राख्ने ।
२. नियमित रूपमा प्रयोग हुने बिल विजक अनिवार्य प्रयोग गर्ने ।
३. व्यवसाय दर्ता प्रमाणपत्र तथा स्थायी लेखा नम्बर (पान) कारोवार स्थलमा राख्ने ।
४. सडेगलेका तथा म्याद गुज्रिएका सामान विक्री वितरण नगर्ने ।
५. सही तौल भएका तथा इजाजत प्राप्त ढक, तराजु वा इलेक्ट्रोनिक तराजु मात्र प्रयोग गर्ने ।
६. कानूनद्वारा निषेधित सामानको कारोबार नगर्ने ।
७. अन्तःशुल्क दर्ता बिना सूर्तिजन्य तथा मदिराजन्य पदार्थको कारोबार नगर्ने ।
८. कृत्रिम अभाव सिर्जना गरी कालो बजारी नगर्ने ।
होटल व्यवसायहरूका लागि विशेष अनुरोध
१. माथिका सबै नियमहरू अनिवार्य पालना गर्ने ।
२. होटल तथा रेष्टुरेन्ट सफा र स्वच्छ राख्ने ।
३. बासी तथा गुणस्तरहीन खानेकुरा प्रयोग नगर्ने ।
४. खानेकुराहरू सुरक्षित रूपमा राख्ने ।
५. रङ तथा अखाध्य वस्तुहरुको प्रयोग नगर्ने ।
६. कर्मचारीहरूले सफा पोशाक प्रयोग गरी सुमधुर व्यवहार गर्ने ।
थप केही बुझ्न आवश्यक परेमा संघको सचिवालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।