rccorg.org

गौ आहार बितरण सम्पन्न

By Rupandehi Chamber of Commerce June 8, 2026 3 views 0

रूपन्देही ब्यापार संघ औषधि बस्तुगत उपसमितिको आयोजनामा बुटवल शिबनगर स्थित नन्दिनी गौशालामा रहेका गाई तथा गोरूहरूलाई दाना बितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । बस्तुगत उपसमिति संयोजक राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी रूपन्देही ब्यापार संघका बरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले समाजिक उत्तरदायित्व अन्तर्गत बस्तुगत उपसमितिले गरेको सामाजीक कार्य प्रशम्सनीय रहेको बताउनुभयो ।कार्यक्रममा संघका द्वितिय उपाध्यक्ष मनहरी बश्याल , महासचिब प्रकाश राज पौडेल, बस्तुगत उपसमिति ईञ्चार्ज एबम कार्यसमिति सदस्य केदारनाथ नेपाल ,कार्यसमिति सदस्य प्रेमनाथ पाण्डे, उपसमितिका सल्लाहकार सरस्वती पराजुली लगायतले औसधि बस्तुगत उपसमितिले सधै सक्रिय रुपमा काम गरेको भन्दै निरन्तरताको निम्ति जोड दिनुभएको थियो । कार्यक्रमको सम्योजन बस्तुगत उपसमितिका निबर्तमान संयोजक एबम उपसमितिका सल्लाहाकार कपिल ज्ञवाली ले गर्नु भएको थियो भने कार्यक्रममा १० क्विण्टल गौदाना र केहि भेलि प्रमुख अतिथि द्वारा गौशाला ब्यबस्थापक लाई हस्तान्तर गरिएको थियो । कार्यक्रममा बस्तुगत उपसमितिका संयोजक राजकुमार श्रेष्ठले उपस्थित सबैलाई धन्यबाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नुभएको थियो भने कार्यक्रमको संचालन उपसमितिका सचिब अमृता भण्डारी ले गर्नु भएको थियो । कार्यक्रममा बस्तुगत उपसमितिका पदाधिकारी , सदस्य एबम सल्लाहकारको उपस्थिती रहेको थियो ।

Views: 3 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top