बुटवल, ९ आषाढ । रुपन्देही व्यापार संघमा आवद्ध रिकण्डिसन व्यवसायीहरुको सम्पन्न वृहत भेलाले वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले सन्तोष के.सी.को संयोजकमा १४ सदस्यीय रिकण्डिसन वस्तुगत उपसमिति गठन गरेको हो । रिकण्डिसन उपसमितिको सह–संयोजकमा धनकुमार भट्ट, सचिवमा पारस मरासिनी, कोषाध्यक्षमा लक्ष्मण पोखरेल र सह–सचिवमा श्याम जिसी रहनुभएको छ भने सदस्यहरुमा सन्तोष ३िमिरे, रहिसदिन मिया, अनुज अर्याल, नितेश न्यौपाने, प्रेमराज के.सी., सन्तोष के.सी., नविन कार्की, साविर अलि र अनिल खत्री रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले आफ्ना व्यावसायीहरुका समस्या वस्तुगत उपसमितिमार्फत् संघमा ल्याउन आग्रह गर्दै उपसमितिलाई रचनात्मक कार्यहरु गर्न सुझाव दिनुभयो । यस्तै भेलामा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डे, द्वितिय उपाध्यक्ष मनहरि बस्याल, महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, वस्तुगत सह–कोषाध्यक्ष जिवनारायण घिमिरेलगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा बताउनुभएको थियो । कार्यक्रम संघका सह–कोषाध्यक्ष जिवनारायण घिमिरेको अध्यक्षता एवं पारस मरासिनीको संचालनमा सम्पन्न भएको थियो ।








