बुटवल, भदौ १८ । रुपन्देही व्यापार संघको परिषद् बैठक बिहीबार संघको सचिवालयमा सम्पन्न भएको छ । संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा वर्तमान कार्यसमिति, सस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार, शाखा अध्यक्ष तथा वस्तुगत उपसमितिका संयोजकहरूको सहभागिता रहेको थियो ।
संघको विधानमा व्यवस्था भएअनुसार परिषद बैठकको आयोजना गरिएको संघका अध्यक्ष प्रकाश ढकालले बताउनुभयो । परिषद् बैठकमा प्रमुख अतिथि एवं संघका संरक्षक मोतिराज ज्ञवालीले संघको संस्थागत विकास, आगामी कार्ययोजना, व्यवसायीका समसामयिक समस्या तथा संघलाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण सुझाव तथा धारणा राख्नुभएको थियो । बैठकमा बोल्दै संघका पूर्व अध्यक्षहरू टंकप्रसाद पोखरेल, मोतिलाल पाण्डे, पदम प्रसाद श्रेष्ठ, यमलाल लोहनी, कृष्णप्रसाद घिमिरे, निर्वर्तमान अध्यक्ष दिपक प्रसाद अधिकारीले संघको स्थापना, विगतका गतिविधि र संस्थाले व्यवसायीको हकहितका लागि गर्दै आएको भूमिकाका विषयमा चर्चा गर्दै आगामी दिनमा संघलाई अझ सशक्त र प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिदै संघको गरिमा र संस्थागत एकतालाई कायम राख्दै समयानुकूल कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिनुभएको थियो । बैठकमा संघका सल्लाहकार परिषद्का संयोजक माधब नेपाल, सल्लाहकारहरु डिल्लीराज भण्डारी, बैकुण्ठप्रसाद कोइराला, तेजप्रसाद सुनार, गोविन्द घिमिरे, तुल्सीराम वन्जाडे, रणबहादुर खनाल, खिमानन्द पोखरेल, नगेन्द्र आचार्य, हेमबहादुर थापा, लेखनाथ ढकाल, ज्ञानप्रसाद अर्याल, मुकुन्द ज्ञवाली लगायतले बोल्दै वर्तमान कार्यसमितिले अघि सारेका आगामी कार्ययोजना, व्यवसायीका समस्या तथा समाधानका उपाय, संघका गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा विभिन्न धारणाहरु राख्नुभएको थियो । यस्तै बैठकमा संघका शाखा तथा वस्तुगत उपसमितिका संयोजकहरूले आ–आफ्नो क्षेत्रका समस्या र आवश्यकताबारे जानकारी गराउँदै संघको आगामी योजनामा ती विषयलाई प्राथमिकताका साथ समेट्न आग्रह गर्नुभएको थियो । बैठकले व्यवसायीका हकहित, संस्थागत सुदृढीकरण तथा संघको भूमिका थप प्रभावकारी बनाउँदै आगामी दिनमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैठक संघका वरिष्ठ उपाध्यक्ष दयानिधी भण्डारीको स्वागत, द्वितिय उपाध्यक्ष मनहरी बस्यालको धन्यवाद एवं महासचिव प्रकाशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।


