रुपन्देही व्यापार संघ
व्यापारको संरक्षण र प्रवद्र्धनको लागि समर्पित संस्था
संस्था परिचय
मुलुककै प्रमुख व्यापारिक केन्द्र रूपन्देहीमा व्यापारलाई आधुनिकीकरण, विशिष्टीकरण गर्ने मुख्य उद्देश्यका साथ व्यवसायीहरुको हकहितको रक्षाका लागि सक्षम, सुदृढ, प्रतिस्पर्धी व्यवसायीहरुको आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्य लिई २०५७ साल कार्तिक २८ गते रुपन्देही व्यापार संघको स्थापना भएको हो ।
रुपन्देही जिल्लामा व्यापारको संरक्षण तथा प्रवद्र्धन गर्दै उपभोक्ताहरुमा विश्वास तथा पहिचान बढाउन व्यापारी व्यापारीबीच मैत्रीपूर्ण सदभाव पैदा गर्न र एक्कासौं शताब्दीको व्यापारिक प्रतिस्पर्धामा यस क्षेत्रको व्यापारलाई पनि सूचना तथा प्रविधिका माध्यमबाट निरन्तर विस्तार गर्नका लागि रुपन्देही व्यापार संघको आवश्यकता देखिएको हो ।
हाम्रो मिशन र दृष्टिकोण
🎯 हाम्रो मिशन
राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको पनि प्रमुख भूमिका रहनुपर्छ भन्ने मान्यतामा समेत संघको स्थापना महत्वपूर्ण उपलब्धि भएको देखिन्छ । साथै प्रत्येक क्षेत्रको विषयगत विशिष्टीकरणको खाँचोले पनि व्यापारिक क्षेत्रलाई अन्य विषयहरु भन्दा फरक ढंगले हेर्नुपर्ने हुन्छ ।
🔭 हाम्रो दृष्टिकोण
यस सूचना तथा प्रविधिको आधुनिक युगमा प्रत्येक विषय तथा क्षेत्रलाई सूक्ष्म रुपमा अध्ययन, अनुसन्धान तथा विस्तार गर्दै विशिष्टीकरणलाई बढावा दिनुपर्नेमा व्यापारलाई उद्योगकै एउटा सामान्य भागको रुपमा मान्यता दिनु राष्ट्रको आर्थिक विकासको मेरुदण्डलाई कम आँकलन गर्नु हो ।
स्थापनाको पृष्ठभूमि
यिनै आवश्यकतामा केन्द्रित रहेर विगतका दिनहरुमा रुपन्देही जिल्लाका सम्पूर्ण व्यापारी, व्यवसायी, बुद्धिजीवी, समाजसेवी, स्थानीय निकाय लगायत आम उपभोक्ताहरुको व्यापक अन्तक्र्रिया पश्चात् रुपन्देही व्यापार संघको स्थापना भएको हो ।
रुपन्देही जिल्ला उद्योग व्यवसायका साथै शिक्षा, स्वास्थ्य, यातायात, कृषि र पर्यटनका हिसाबले महत्वपूर्ण रुपमा परिचित छ । सबै क्षेत्रको विकासको बलियो सम्भावना बोकेको रुपन्देही पहाड, तराई र छिमेकी राष्ट्रसँग महत्वपूर्ण सुनौली नाका र पूर्व–पश्चिम राजमार्गको मध्य भागमा अवस्थित हरेक क्षेत्रको व्यापारिक उर्वरभूमि पनि हो ।
हाम्रो उपलब्धिहरु
नेपालको व्यापारमा देखिएका चुनौतीहरु, व्यापारीहरुले झेल्नु परिरहेका समस्याहरु, उपभोक्ताहरुको चाहनाको स्थिति र प्राथमिकता, व्यावसायिक वातावरणभित्र विद्यमान अवधारणको खोजी अहिलेको आवश्यकता हो । यही आवश्यकता परिपूर्तिका लागि रुपन्देही व्यापार संघ आम व्यापारीहरुको छाता संगठनको रुपमा आज स्थापित हुन पुगेको छ ।
यो संस्था आज छोटो समयमै यस क्षेत्रका आम व्यवसायीहरुको छाता संस्थाको रुपमा स्थापित भइसकेको छ ।
हाम्रो स्थान
संघको कार्यालय
रुपन्देही व्यापार संघ हाल जिल्लामा सबैभन्दा अब्बल सामाजिक एवं व्यावसायिक संस्थाको रुपमा संघको सचिवालय बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको छ ।
नजिकै रहेका संस्थाहरु:
संघ कार्यालयको स्थान
बुटवल उपमहानगरपालिका
वडा नं. ४, रुपन्देही