rccorg.org

रुपन्देही व्यापार संघको कार्यशाला कविलाश घोषणापत्र जारी गर्दै सम्पन्नवकालत गर्ने साझा संस्था बनाउन जोड

By Rupandehi Chamber of Commerce December 21, 2025 5 views 0

बुटवल, पुष ६ ।रुपन्देही व्यापार संघले आगामी २ वर्षका लागि सम्पन्न गर्ने योजना तर्जुका लागि ३ दिवशिय कार्ययोजना कार्यशाला गोष्ठि पुष ४, ५ र ६ गते चितवनमा आयोजना गरेको छ । गोष्ठीले व्यापार व्यवसायलाई अझ मर्यादित, उपभोक्तामैत्री, व्यवस्थित बनाउदै संस्थालाई नविनतम प्रविधि र वजार प्रर्वद्धनमा प्रविधि मैत्री प्रत्येक सदस्यहरुको वकालत गर्ने साझा संस्था बनाउन जोड दिएको छ ।कार्यशाला गोष्ठिले संघले स्थापनाकालमा तय गरेको स्वलोगन नारा परिर्वतन गरेको छ । वदलिएको समयमा त्यसलाई परिमार्जजन गर्नु पर्ने सुझाव आएपछि नया नाराका रुपमा स्वरोजगार आत्मनिर्भरताको आधार, सुदृढ अर्थतन्त्र पर्यटन र व्यापार तय गरेको महासचिव प्रकाश पौडेलले जनाउनु भयो ।कार्यशालामा संघको विगतको कार्य सम्पादनको समिक्षा तथा आगामी २ वर्षमा गर्ने कार्यहरुको योजनाबद्ध कार्यक्रमसहितको कार्यतालिका निमार्ण गरेको संघका अध्यक्ष प्रकाश ढकालले बताउनु भयो । चितवनको कविलाश रिर्साेटमा आयोजित कार्यशालाले संघको मिसन, भिजन र लक्ष्यको समिक्षा गर्दे त्यसलाई समायनुकुल सुधार गर्दै अगाडी बढ्ने तथा संघको संस्थागत विकासमा अपनाउनु पर्ने प्रविधिमैत्री कार्य योजनालाई प्राथमिकतामा राखेको अध्यक्ष ढकालले बताउनु भयो ।संघको ३ दिवशीय कार्यशालाले व्यवसायीहरुको हकहित संरक्षण गर्दै समग्र आर्थिक विकासका लागि संघले आफ्नो गतिविधिहरु अगाडी बढाउने प्रतिवद्धता जनाउदै ११ बुदे कविलाश घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।संघले घोषणापत्रमा आर्थिक विकासमा व्यवसायी वर्गको महत्वपूर्ण भूमिका र योगदान रहने हुदाँ सो वर्गलाई संगठित गरि उनीहरुको व्यवसायीक सीप विकास र व्यवसायीक अधिकारको संरक्षण र राष्ट्रिय अर्थतन्त्रको जग वलियो बनाउन प्रतिवद्धता व्यक्त गरेको छ ।यसैगरि व्यवसाय विस्तार तथा पेशागत सुरक्षा र व्यवसाय प्रर्वद्धनका लागि संघले दरिलो पैरवी गर्दे सामाजिक उत्तरदायीत्व वहन गर्नै लक्ष्यलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता पनि जनाइएको छ । संघलाई सबै व्यवसायीहरुको साझा र सशक्त संस्थाको रुपमा विकास गर्दै नेटवर्क विस्तारमा जोड दिइएको छ ।गोष्ठिले रुपन्देही र यसका आसपासका क्षेत्र अर्थतन्त्रको पकेट क्षेत्रको रुपमा योजनाबद्ध कार्यक्रम र लगानी बढाउन सरकारसंग आग्रह गरेको छ । त्यसका लागि व्यापार संघ केन्द्र, प्रदेश र स्थानिय सरकारसंग सहकार्य एव साझेदारी गर्न प्रतिवद्धता व्यक्त गरिएको छ ।गोष्ठिले तीनै तहका सरकारसंग मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउने दिशामा काम गर्न आग्रह गरेको कुरा घोषणा पत्रमा उल्लेख छ ।यसअघि कार्यशाला गोष्ठिको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संस्थालाई यसको स्थापनाका अवसरमा व्यक्त गरिएको भावना र लक्ष्यसंग एक गरेर अगाडि बढाउन आग्रह गर्नु भयो ।संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा भएको उद्घाटनसत्रमा संघका पूर्व अध्यक्षहरु श्रीकृष्ण पोखरेल, पदमप्रसाद श्रेष्ठ, मोतीलाल पाण्डे, यमलाल लोहनी, निर्वतमान अध्यक्ष दिपकप्रसाद अधिकारी बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन संघका महासचिव प्रकाश पौडेलले गर्नु भएको थियो भने धन्यवाद प्रथम उपाध्यक्ष ऋषिराम पाण्डे, स्वागत कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले गर्नु भएको थियो ।दुई चरण गरिएको कार्याशाला गोष्ठिमा प्रमुख सहजकर्ता मुकुन्द ज्ञवाली र राजन अर्यालले संघको भिजन, मिसन र गोलको समिक्षा तथा आगामी २ बर्षमा संघले गर्ने संस्थागत विकासको लागि आवश्यक काम, सामाजिक गतिविधि तथा जिम्मेवारीका विषयमा समुहगत छलफल गराउनु भएको थियो । त्यसक्रममा संस्थाले आगामी दिनमा सामना गर्नु पर्ने चुनौति, अवसर, बर्तमान अवस्था र संस्थाको सवल पक्षका विषयमा ५ वटा समुह बनाएर समिक्षा गरिएको थियो ।

Views: 5 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top