rccorg.org

लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघले स्थापना गर्यो ब्लड बैङ्क

By Rupandehi Chamber of Commerce September 4, 2025 58 views 0

बुटवल ,१३ जेठ ।  रुपन्देही व्यापार संघले लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा रक्तसञ्चार केन्द्र(ब्लड बैङ्क) स्थापना गर्ने भएको छ । अस्पतालसँगको सहकार्यमा अस्पताल परिसरमा नेपालकै नमुना र अत्याधुनिक रक्तसञ्चार केन्द्र स्थापना गर्न लागिएको हो ।

व्यापार संघले मङ्गलवार पत्रकार सम्मेलन गरी रक्त सञ्चार केन्द्र स्थापनाका लागि १ करोड ५८ लाख २० हजार नगद लगानी गरेको जनाएको छ । ब्लड बैंकको जेठ १७ गते लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आर्चायले शुभारम्भ गर्ने कार्यक्रम रहेको अध्यक्ष दीपक प्रसाद अधिकारीले बताए ।

समुद्घाटन पूर्व अस्पताल हाताभित्रै सोही दिन बिहान ठिक ८ बजेदेखि वृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको उनले बताए ।अस्पतालको भोगाधिकार, संरक्षण र व्यवस्थापनमा रहेको अस्पताल हाताभित्रआवश्यक संरचना अस्पतालले तयार गर्ने र रुपन्देही व्यापार संघले सोमा लाग्ने उपकरण उपलब्ध गराएको अध्यक्ष अधिकारीले बताए।

केन्द्रको दिगो संरक्षण, सम्र्बद्धन, मर्मत सम्भार र व्यवस्थापनको जिम्मेवारी अस्पतालको रहने तथा दुबै पक्षको समझदारीमा रक्त सञ्चार केन्द्र सरकारले बनाएको राष्ट्रिय नीति अन्तर्गत आवश्यक कार्यविधि, समिति, नियमावली बनाई सञ्चालन गरिने उनले बताए । रक्त सञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण पछिल्लो नयाँ तथा आधुनिक प्रविधियुक्त रहेको समेत संघले जनाएको छ ।

क्तसञ्चार केन्द्रमा जर्मनमा निर्मित अत्याधुनिक मेशिनहरू जडान गरिएको छ भने एकै पटक एक हजार बराबर युनिट(पोका) रगत सङ्कलन गरी भण्डारण गर्न सक्ने क्षमता रहेको छ।

संघले ब्लड बैङ्क स्थापनालाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगतको मेघा परियोजनाका रूपमा अगाडी बढाएको जनाउँदै त्यसको आधुनिक स्तरोन्नतिका लागि आगामी दिनमा पनि संघले जिम्मेवारी पुरा गर्ने महासचिव फर्सुराम पन्तले जानकारी दिए।

Views: 58 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top