rccorg.org

व्यापार संघमा कस्मेटिक तथा गिफ्ट व्यवसायीहरुको भेला सम्पन्न

By Rupandehi Chamber of Commerce January 27, 2026 1 view 0

बुटवल, १३ माघ । रुपन्देही व्यापार संघमा आवद्ध कस्मेटिक तथा गिफ्ट व्यवसायीहरुको वृहत भेलाले कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको भेलाले उक्त भेलाले विनय कसौधनको संयोजकत्वमा १० सदस्यीय कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमिति गठन गरेको हो । कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमितिको सह–संयोजकमा प्रकाश भण्डारी, सचिवमा रविन ज्ञवाली, कोषाध्यक्षमा बिमल आचार्य, सह–सचिवमा कल्पना शर्मा रहनुभएको छ भने सदस्यहरुमा दिपकप्रसाद पोख्रेल, टिका सुनार, विकास गुप्ता, रहमिन दिन मिया र सेराजुदिन मिया रहनुभएको छ ।
सो भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायीक एकताबाट मात्र व्यवसायीहरुको समस्या समाधान गर्न सकिने बताउदै त्यसका लागि पहल गर्न आग्रह गर्नु भयो । ढकालले संघको गरिमा र उद्देश्य पुरा गर्न उपसमितिको सक्रियता र व्यवसायीहरुको खबरदारी जरुरी हुने उल्लेख गर्दै व्यापार संघ सधै व्यवसायीहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्दै उपसमितिले आफ्नो व्यवसायिक क्षेत्रमा परेका समस्याहरुलाई संघसम्म पु¥याएर समाधान गर्ने बताउनुभयो ।
कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यसमिति सदस्य सरोज ज्ञवालीले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित संयोजक विनय कसौधनले आफ्नो कार्यकालमा रचनात्मक क्रियाकलापहरु साथै व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, सचिव वृन्दा भट्टराई आचार्य, सह–कोषाध्यक्ष जिवनारायण घिमिरे (जिवन), पूर्व कार्यसमिति सदस्य गोकुल ज्ञवाली लगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा प्रकास पार्दै बस्तुगत उपसिमितिहरुलाई रचनात्मक क्रियाकलापहरु अगाडि बढाउने बिश्वास व्यक्त गर्नुभएको थियो ।
भेलाको अध्यक्षता संघका कार्यसमिति सदस्य सरोज ज्ञवालीले गर्नुभएको थियो भने संचालन कार्यसमिति सदस्य शोभाकुमारी जोशी क्षेत्रीले गर्नुभएको थियो ।

Views: 1 view

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top