rccorg.org

व्यापार संघमा वस्तुगत उपसमिति गठन

By Rupandehi Chamber of Commerce January 23, 2026 3 views 0

बुटवल, ९ माघ । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले आफुसंग आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ । रुपन्देही व्यापार संघमा आवद्ध व्याग तथा जुत्ताचप्पल व्यवसायीहरुको वृहत भेलाले वस्तुगत उपसमिति पूर्नंगठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले विजयसिंह रायमाझीको संयोजकत्वमा १४ सदस्यीय व्याग वस्तुगत उपसमिति र उत्तम देवकोटाको संयोजकत्वमा १३ सदस्यीय जुत्ताचप्पल वस्तुगत उपसमिति गठन गरेको हो ।
व्याग वस्तुगत उपसमितिको सह–संयोजकमा दिपेन्द्र न्यौपाने, सचिवमा छविलाल चापागाई, कोषाध्यक्षमा किशोर कुँवर, सह–सचिवमा शान्ता शर्मा भट्टराई, सदस्यहरुमा यमबहादुर दर्लामी, विष्णु पाण्डे, जिवन काफ्ले, रुमलाल पौडेल, प्रकाश ज्ञवाली, दिनेशप्रसाद पोख्रेल, सुरज खनाल, रमेश नेपाल, बाबुराम गौतम र सल्लाहकारहरुमा रितेश ज्ञवाली, शंकर पोख्रेल, अञ्जन श्रेष्ठ, गौतम शाह रहेका छन् । यस्तै जुत्ताचप्पल वस्तुगत उपसमितिको सह–संयोजकमा लक्ष्मण न्यौपाने, सचिवमा कुलराज पौडेल (राजु), कोषाध्यक्षमा कुलराज पाण्डे, सह–सचिवमा रविन नेपाल, सदस्यहरुमा राजेन्द्र थापा, अलाउदिन अलि, कृष्ण पौडेल, शरण क्षेत्री, हरिष श्रेष्ठ, विजय नेपाल, अशोक बञ्जाडे, महेश श्रेष्ठ र सल्लाहकारहरुमा गोपाल अधिकारी, दिनेश ज्ञवाली, सूर्य लम्साल, राजु श्रेष्ठ रहेका छन् ।
भेलामा बोल्दै कार्यक्रमको प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायीहरुको एकताले मात्र व्यवसायिक समस्या समाधान गर्न सकिने बताउदै संघका लागि वस्तुगत उपसमितिहरु आधारस्तम्भ भएको जिकिर गर्नु भयो । उहाँले संघको गरिमा र उद्देश्य पुरा गर्न उपसमितिको सक्रियता र व्यवसायीहरुको खबरदारी जरुरी हुने उल्लेख गर्दै व्यापार संघ सधै व्यवसायीहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भेलामा संघका कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, सचिव जयलाल न्यौपाने, सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपाल, कार्यसमिति सदस्यहरु प्रेमनाथ पाण्डे, माधवप्रसाद ज्ञवाली, केदार नेपाल, टेकराज पन्थी, अशोक ज्ञवाली, गोविन्द चापागाई, मुरारीराज भण्डारी, विजय ज्ञवाली, विनित भट्टराई र पूर्व कार्यसमिति सदस्य रितेश ज्ञवालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जुत्ताचप्पल वस्तुगत उपसमितिको संयोजक उत्तम देवकोटाको अध्यक्षता, व्याग वस्तुगत उपसमितिका संयोजक विजयसिंह रायमाझीको स्वागत तथा व्याग वस्तुगत उपसमितिका सचिव छविलाल चापागाईको संचालनमा सम्पन्न भएको थियो ।

Views: 3 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top