rccorg.org

२४ औं बार्षिक साधारणसभा तथा १३ औं अधिवेशन

By Rupandehi Chamber of Commerce November 17, 2025 6 views 0

बुटवल, २८ कार्तिक ।
आर्थिक क्षेत्रमा देखिएको असहज अवस्थाको सहि पहिचान गरि त्यसको समाधानका लागि बृह्त दिगो कार्ययोजना बनाउन आग्रह गरिएको छ । राजनीतिक रुपमा आएको नया परिवेशले सबैलाई समिक्षाको लागि दवाव दिएको बताउदै नया ढंगले अगाडी बढ्न नसकेमा धाराशाही बन्ने स्थिती उत्पन्न हुने चेतावनी दिइएको छ ।
बुटवलमा शुक्रवार आयोजिथत रुपन्देशी व्यापार संघको २४ औं बार्षिक साधारणसभा तथा १३ औं अधिवेशनको उद्दघाटन सत्रमा बोल्ने बक्ताहरुले उद्योग वाणिज्य क्षेत्रमा जेनजी आन्दोलनपछि नया समस्या सिर्जना भएको उल्लेख गर्दै त्यसलाई सामुहिक रुपमा सामना गर्नुको विकल्प नभएको बताएका छन् । जनताको चाहाना र सरकारको कामको काममा तारतम्य मिल्न नसक्दा समाजमा वितृष्णाको वातावरण सिर्जना भएको उनीहरुको भनाई थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रदेश सदस्य लिला गिरीले आर्थिक क्षेत्रको विकासको लागि राजनीतिक स्थायीत्व प्रमुख भएको उल्लेख गर्दै त्यसमा सबैको ध्यान जानु जरुरी भएको कुरामा जोड दिनु भयो ।
प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले राजनीतिक दलहरुमा रहेको पुरानो संस्कार र नेतृत्वले समाजको विकास नया ढंगले अगाडीब ढ्न नसकेको आरोप लगाउनु भयो । उहाले व्यवसायीक मर्यादा र परिवर्तित अवस्थामा सोंचमा पनि परिर्वतन हुनु जरुरी रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रदेवि अर्याल, संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, संघसंस्थाहरुको तर्फबाट रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली लगायतन बोल्नु भएको थियो ।
सो अवसरमा संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले संस्थागत धारणा राख्दै अस्थिर राजनीतिका कारण व्यावसायीहरुमा थप निरासा पलाउँदै गएको र स्वदेशी लगानी वाहिरिने तथा विदेशि लगानी नआउने विषयले देशको अर्थतन्त्र झन् जटिल बन्ने सम्भावना देखिएको बताउनु भयो ।
अध्यक्ष अधिकारीले संक्रमणको अहिलेको अवस्थामा दलहरुको सक्रिय भूमिकाले मात्र अर्थतन्त्र सही लयमा जाने विशवास व्यक्त गर्दै निजी क्षेत्रको मनोबल उच्च हुँदा मात्र रोजगार, राजस्व तथा देशको दिगो विकासमा टेवा पुग्ने दावी गर्नु भयो ।
उहाले मुलुकको आर्थिक विकासका लागि राजनीतिक दल, राज्यका अंगहरु, निजी क्षेत्र र व्यवसायी तथा सामाजिक संघ–संगठनको भूमिका जरुरी रहेको धारणा राख्नु भयो । खुला सीमा क्षेत्रबाट हुने अवैध कारोबारले व्यवसायी पिडित भएको बताउदै उद्योगी व्यवसायि मैत्री निति लागु गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकारहरु अमृता अनमोल र टिआर शर्मालाई सम्मानित गरिएको थियो । त्यसैगरि वर्ष कर्मचारी सम्मान पुरस्कारबाट किरण गोराथोकि तथा वस्तुगत उपसमितिहरुबाट कार्य सम्पादन मूल्यांकनमा औषधि व्यवसायी उपसमितिलाई उत्कृष्ठ उपसमितिका रुपमा सम्मान गरिएको थियो ।

Views: 6 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top