rccorg.org

अस्पताल र निजी क्षेत्रको सहकार्यलाई अझ सशक्त बनाउनुपर्दछ– डा.गौतम

By Rupandehi Chamber of Commerce June 13, 2026 5 views 0

बुटवल, ३० जेष्ठ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.विष्णु गौतमले अस्पताल र निजी क्षेत्रबिचको सहकार्यलाई अझ सशक्त बनाइने बताउनुभएको छ । रुपन्देही व्यापार संघले शनिबार संघको सचिवालयमा आयोजना गरेको स्वागत, परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै डा. गौतमले रुपन्देही व्यापार संघले स्वास्थ्य क्षेत्र विशेष गरी ब्लड बैंक स्थापना मार्फत् पु¥याएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गर्दै रक्तसंचार केन्द्रलाई थप व्यवस्थित रुपमा संचालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै डा. गौतमले लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा सरकारले नै स्थापना गर्नुपर्ने ब्लड बैंक रुपन्देही व्यापार संघले करोडौंको लगानीमा स्थापना गरिएकोमा धन्यवाद ज्ञापन गर्दै यसलाई विशेष ध्यान दिंदै निरन्तर र प्रभावकारी रुपमा संचालन गरिने बताउनुभयो । कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले अस्पतालमा प्रदान हुँदै आएका स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापन तथा आगामी दिनमा संघ र अस्पतालबिचको सहकार्य र सम्बन्धलाई थप सुदृढ बनाउने बताउनुभयो । यस्तै संघका पूर्व अध्यक्षहरु मोतिलाल पाण्डे, यमलाल लोहनी, कृष्णप्रसाद घिमिरे लगायतले बोल्दै ब्लड बैंकको व्यवस्थापन र सेवाको गुणस्तर अभिवृद्धिका लागि आपसी सहकार्यलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले लुम्बिनी प्रदेश सरकारद्वारा हालै मात्र नियुक्त हुनुभएका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अस्पतालको सेवा प्रवाहलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संघको सदैव सहयोग रहने बताउनुभयो । कार्यक्रम संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको स्वागत एवं महासचिव प्रकाशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Views: 5 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top