rccorg.org

रुपन्देही व्यापार संघको नियमित बैठक सिरुवारीमा

By Rupandehi Chamber of Commerce June 1, 2026 5 views 0

बुटवल, १३ जेष्ठ । रुपन्देही व्यापार संघ कार्यसमितिको नियमित बैठक सिरुवारीमा सम्पन्न भएको छ । दक्षिण एसियाकै पहिलो ग्रामीण होमस्टेका रुपमा परिचित स्याङ्गजा जिल्लाको सिरुवारीमा संघले आफ्नो सातौं नियमित बैठक सम्पन्न गरेको हो ।

संघको वार्षिक कार्यक्रम अन्तर्गत वैठकसँगै संघले विभिन्न संघसंस्थाहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम पनि सम्पन्न गरेको संघका महासचिव एवं कार्यक्रम संयोजक प्रकाशराज पौडेलले बताउनुभयो । स्याङ्गजास्थित गलेङ्ग चेम्बर अफ कमर्स तथा स्याङ्गजा चेम्बर अफ कर्मससँग संघले भेटघाट गर्दै संस्थाहरुबिचमा आपसी सम्बन्ध विस्तारका साथै व्यावसायिक एकताका निम्ति जोड दिइएको थियो । कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले संस्थाहरुबिचको आपसी भेटघाटका माध्यमबाट व्यावसायिक एवं पर्यटकीय सम्बन्ध कायम गर्दै व्यावसायीका निम्ति सदैव एकजुट भएर लाग्न अझ सजिलो हुने बताउनुभयो । यस्तै कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कर्मशका अध्यक्ष टंकप्रसाद पोखरेलले पछिल्लो समय व्यावसायीहरुलाई परेका समस्याको समाधानमा संघहरुलाई एकजुट भएर लाग्न सुझाव दिनुभएको भने पूर्व अध्यक्ष पदमप्रसाद श्रेष्ठले संस्थाहरुबिचमा आ–आफ्ना अनुभव र गतिविधिहरुको संघलाई अगाडि बढ्न थप टेवा पुग्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा सबै संस्थाका पूर्व अध्यक्ष एवं कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस्तै संघको कार्यसमितिको नियमित वैठकले समसामयिक विषयहरुमाथि जोड दिंदै ७ बुँदे विशेष निर्णय समेत गरेको छ । बैठकले खुल्ला सिमाना एवं भन्सार नीतिका सम्बन्धमा खुला सिमानाका कारण शान्ति, सुरक्षा एवं देशको आन्तरिक मामिला मात्र नभई व्यवसायमा पनि गम्भिर असर परेको हुँदा चोरी पैठारीको न्यूनिकरणलाई भन्सार महशुल दर घटाई अति आवश्यकीय बाहेकका वस्तुहरु आयातको प्रतिबन्धित गर्नुपर्ने ठहर गरेको छ भने बैंक तथा वित्तिय क्षेत्र सम्बन्धमा बैंकिङ्ग कारोवारमा वित्तिय संस्थाहरुले सेवाग्राहीलाई सबै निति नियम स्पष्ट जानकारी गराएर मात्र हस्ताक्षर गराउने तथा नगद कारोवार गर्दा ग्राहकलाई पैसाको नोटमा ट्याग लगाउन लगाउने, हस्ताक्षर तथा मोवाइल नं. लेख्दा ह्याकरबाट समेत असुरक्षित भएको महशुस हुन आएकोले उक्त कार्य नगर्न सबै वित्तिय संस्थाहरुमा आवश्यकीय निर्देशन र वैदेशिक कारोवार गर्दा सम्बन्धित देशहरुको मुद्रणमा ी।ऋरत्।त्। पठाउन सक्ने व्यवस्था मिलानको निमित्त नेपाल राष्ट्र बैंकलाई अपिल गर्ने निर्णय गरेको छ यस्तै वैठकले घरवहालका सम्बन्धमा मुख्य बजारहरुमा महंगो भाडाले पनि वस्तुको मूल्य समायोजन गर्न व्यवसायीलाई अप्ठेरो पारिरहेको साथै वर्तमान समयमा समेत केही घरधनीहरु भाडा घटाउनु भन्दा वृद्धि गर्ने सूचना समेत दिएको पाइएकोले घरवहाल वृद्धि नगर्न, नगराउन हुन साथै सरकारी तथा गैरसरकारी संस्थाहरुमा टेण्डर प्रक्रियाको स्पष्ट नीति मापदण्ड तयार पार्न एवं समयावधि न्यूनतम २० वर्षको निमित्त बोलपत्रमा राख्न स्थानीयदेखि केन्द्रीय सरकार समक्ष माग गर्ने कुरामा जोड दिदै कर निती सम्बन्धमा करको दर होइन दायरा बढाउन, कर दाखिलाको आधारमा नागरिकलाई सुरक्षित र प्रोत्साहित नीति अवलम्वन गर्न, कर लिंदा एकद्वार प्रणाली लागु गर्न, लगानी मैत्री वातावरण एवं नीति निर्माण गर्नका निमित्त सरकार समक्ष माग गर्दै नेपाल सरकारको शासकीय सुधार २०८२ को बुँदा नं. ८३ अनुसार ःच्ए को सघन अनुगमन गर्ने भन्ने सम्बन्धमा हाल सम्पूर्ण व्यवसायीलाई त्रासदीपुर्ण वातावरण सिर्जना भएकोले स्टकमा रहेका विक्री सामाग्री तथा आयतित वस्तुहरुको ःच्ए लगाउने राज्यबाट नै हालसम्म कुनै आधिकारिक फर्मुला प्राप्त नभएकोले कुनै पनि विक्री वस्तुको लिखित ःच्ए गर्ने संभावना नहुँदासम्म अनुगमनको वाहानामा कुनै पनि निकायबाट विना ःच्ए को वस्तुका कारणले त्रासदीपूर्ण वातावरण नबनाउन सम्बन्धित सबै निकायमा अपिल गर्ने निर्णय गरेको छ ।

संघको सातौ नियमित बैठकले स्थानीय निकायहरुलाई अतिक्रमण हटाउने वहानामा व्यवसायीहरुलाई त्रासदीपूर्ण वातावरण नबनाउन, स्थानीय निकायमा दर्ता भएका व्यवसायीहरुको राहतकोष खडा गरी वितरणको निमित्त निर्देशिका बनाउन, घरवहाल एवं अन्य सुरक्षाको स्पष्ट मापदण्ड कायम गर्न, बुटवल उपमहानगरपालिकाभित्र वडा नं. किटान गरी एक वडा एक बजारको नीति निर्माण गरी व्यवसायीहरुको अभिभावकत्व गर्न, सार्वजनिक तथा हाटबजार क्षेत्रमा सुविधायुक्त शौचालय, पिउनेपानी तथा प्रतिक्षालय, व्यवस्थित पार्किङ्ग, सिसिटिभि क्यामेराको जडान, ट्राफिक लाइटहरुको सही सदुपयोग, स्पष्ट जेब्राक्रसिङ्ग, बस विसौनीको निमित्त आवश्यक कार्य अगाडि बढाउनको निमित्त अनुरोध गरेको छ भने पर्यटन सम्बन्धमा स्याङ्गजाको सिरुवारी गाउँको पर्यटन र रुपन्देहीको व्यापारिक तथा धार्मिक पर्यटनलाई संयुक्त रुपमा प्रवद्र्धन गर्दै पहाडदेखि तराईसम्म पर्यटन सर्किट निर्माणका साथै आन्तरिक तथा वाह्रय पर्यटकलाई सिरुवारीको गाउँ, सांस्कृतिक होमस्टे र प्राकृतिक सौन्दर्यतासँगै रुपन्देहीको लुम्बिनी लगायतका पर्यटकीय स्थानहरु, व्यापारिक केन्द्र र संस्कृतिक गतिविधिसँग जोड्ने कार्यक्रम संचालन गर्दै रुपन्देही व्यापार संघले पर्यटन प्रवद्र्धन अभियान, संयुक्त पर्यटन प्याकेज, होटल–यातायात–होमस्टे समन्वय तथा निजी क्षेत्रीबचि सहकार्य विस्तार गरी दुवै क्षेत्रको आर्थिक तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने निष्कर्ष निकालेको छ । बैठक संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता एवं महासचिव प्रकाशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Views: 5 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top