rccorg.org

व्यापार संघद्वारा विभिन्न संस्थाहरुलाई सम्मान

By Rupandehi Chamber of Commerce June 16, 2026 11 views 0

बुटवल २ आषाढ । रुपन्देही व्यापार संघद्वारा विभिन्न संघसंस्थाका पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार संघको सचिवालयमा आयोजित उक्त कार्यक्रममा उच्च अदालत बार एशोसिएन बुटवल लगायतका संस्थाहरुलाई सम्मान गरिएको हो । संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उच्च अदालत वार एशोसिएनको हालै सम्पन्न २१औं अधिवेशनबाट निर्वाचित अध्यक्ष अधिवक्ता माधवप्रसाद घिमिरे, उपाध्यक्ष अधिवक्ता ओमप्रसाद पंगेनी, सचिव अधिवक्ता लोकप्रसाद खरेल, कोषाध्यक्ष अधिवक्ता मिना महत जि.सी., सह सचिब अधिवक्ता निशा कुमारी खरेल एवं सदस्यहरुअधिवक्ता मनोज श्रेष्ठ, अधिवक्ता रामप्रसाद भुसाल, अधिवक्ता चर्तुभुज पन्त, अधिवक्ता दामोदर घिमिरे, अधिवक्ता मुन्नी न्यौपाने, अधिवक्ता बाबुराम न्यौपाने, अधिवक्ता संजिता पौडेल र अधिवक्ता कृष्णा रोकालाई सम्मान गरिएको हो । यस्तै कार्यक्रममा भारतीय आर्दश व्यापार मंडलको नेपाल राष्ट्र अध्यक्षमा नियुक्ति हुनुभएका संघका संस्थापक महासचिव गोपालप्रसाद अधिकारी तथा नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको हालै सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित संघका साधारण सदस्य बाबुराम खनाललाई पनि सम्पन्न गरिएको छ यस्तै कार्यक्रमकै अवसरमा हालै चितवनमा सम्पन्न फेन्सी व्यावसायीहरुको राष्ट्रिय भेलाबाट उपाध्यक्षमा निर्वाचित संघका कार्यसमिति सदस्य विजय ज्ञवाली र सदस्यमा निर्वाचित संघ अन्तर्गतको फेन्सी वस्तुगत उपसमितिका कोषाध्यक्ष वेगप्रसाद पाण्डेलाई पनि सम्मान गरिएको हो । कार्यक्रम संघका महासचिव प्रकाशराज पौडेलको संचालन एवं कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराईको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

Views: 11 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top