rccorg.org

व्यापार संघद्वारा

By Rupandehi Chamber of Commerce October 13, 2026 1 view 0

विपन्न महिलाहरुलाई लत्ताकपडा वितरण

७ भाद्र २०८३, बुटवल । रुपन्देही व्यापार संघ महिला उद्यमी वस्तुगत उपसमितिद्वारा लत्ताकपडा तथा जुत्ताचप्पल वितरण कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर उपसमितिले लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न गरेको हो । आइतबार रुपन्देही जिल्लाको मायादेवी गाउ“पालिकाका विभिन्न क्ष्ँेत्रमा रहेका करिब ३० घरपरिवारका विपन्न महिलाहरुका लागि उक्त सामाग्रीहरु वितरण गरिएको उपसमिति संयोजक सरिता नेपालले बताउनुभयो । मायादेवी गाउ“पालिकामा पर्ने लिनसन बौद्विष्ट विद्यालयको प्राड्डणमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले सामाग्री हस्तान्तरण गर्दै संघले सामाजिक उत्तरदायित्वलाई पनि यसैगरी वस्तुगत उपसमितिद्वारा वहन गर्नु आफैमा महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा मायादेवी गाउ“पालिकाका प्रशासन सहायक रामकृष्ण दुसार, लिनसन वौद्विष्ट विद्यालयका प्रधानाध्यापक चन्द्र भुषण दुवेदीले सामाजिक कार्यको निम्ति महिला वस्तुगत उपसमितिलाई धन्यवाद व्यक्त गर्दै निरन्तरताको निम्नि आग्रह गर्नुभएको थियो । कार्यक्रम सम्पन्न गर्नका निम्ति फुलवुट्टे कलेक्सनकी पुनम न्यौपाने र भैरव ग्यास सप्लायर्सकी विना खड्का क्षेत्रीद्वारा लत्ताकपडा तथा जुत्ताचप्पल सहयोग प्राप्त भएको उपसमिति सचिव गौरी न्यौपानेले बताउनुभयो । कार्यक्रम संघका महासचिव प्रकाशराज पौडेल, महिला सचिव वृन्दा भट्टराई आचार्य, कार्यसमिति सदस्य लक्ष्मी भट्टराई, विजय ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उपसमिति संयोजक सरिता नेपालको अध्यक्षता एवं सचिव गौरी न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

Views: 1 view

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top