बुटवल १७ चैत्र । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसाय संचालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिव्रता दिएको छ । रुपन्देही व्यापार संघमा आबद्ध थान कपडा व्यवसायीहरुको वृहत भेलाले वस्तुगत उपसमिति पुर्नगठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले भिष्मप्रसाद सापकोटाको संयोजकत्वमा ७ सदस्यीय थान कपडा वस्तुगत उपसमिति गठन गरेको हो ।
थान कपडा वस्तुगत उपसमितिको सह–संयोजकमा सागर पन्थी, सचिवमा कृष्ण पौडेल, सह–सचिवमा दिपककुमार श्रेष्ठ र कोषाध्यक्षमा पदमप्रसाद नेपाल रहनु भएको छ । यस्तै सदस्यहरुमा भेषराज अर्याल, अजय नेपाल र सल्लाहकारमा नेदिराम ज्ञवाली, विष्णु पौडेल रहनु भएको छ ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायीहरुको एकताले मात्र व्यवसायिक समस्या समाधान गर्न सकिने बताउदै संघका लागि वस्तुगत उपसमितिहरु आधारस्तम्भ भएको जिकिर गर्नु भयो । उहाँले संघको गरिमा र उद्देश्य पुरा गर्न उपसमितिको सक्रियता र व्यवसायीहरुको खबरदारी जरुरी हुने उल्लेख गर्दै व्यापार संघ सधै व्यवसायीहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा नवनिर्वाचित संयोजक भिष्मप्रसाद सापकोटाले व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्षमा अर्जुनप्रसाद भट्टराई सचिव जयलाल न्यौपाने, सचिव वृन्दा भट्टराई आचार्य, वस्तुगत उपसमितिका संयोजक एवं संघका सह–सचिव नलराज नेपाल, कार्यसमिति सदस्य हरि सुनारलगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अझ उत्कृष्ट काम गर्न सुझाव दिनु भयो ।












