rccorg.org

व्यापार संघमा मनाइयो विश्व नापतौल दिवस

By Rupandehi Chamber of Commerce May 20, 2026 3 views 0

बुटवल, जेष्ठ ६ गते । यस बर्षको विश्व नापतौल दिवश रुपन्देही व्यापार संघमा बिशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ । गुणस्तर तथा नापतौल कार्यालय बुटवलको समन्वय र सहकार्यमा संघको सचिवालयमा मे २० को अवसर पारी विभिन्न क्षेत्रका ब्याबसायीहरुसङ्ग व्यावसायिक अन्तक्र्रिया गरेर विश्व नापतौल दिवस मनाइएको हो । कार्यक्रममा सहजीकरण गर्नुहुदै गुणस्तर तथा नापतौल कार्यालय बुटवलका कार्यालय प्रमुख तिलक के.सी.ले नापतौल हाम्रो दैनिक जीवनदेखि उद्योग, व्यापार, स्वास्थ्य, विज्ञान र प्रविधिसम्म अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले सही मापन नभएमा व्यापारमा ठगी हुने, औषधिको मात्रा गलत हुन सक्ने, निर्माण कार्यमा समस्या आउने तथा वैज्ञानिक अनुसन्धानमा समेत त्रुटि आउन सक्ने बताउँदै विश्वभर नै एउटै मापन प्रणाली प्रयोग होस् भनेर यो दिवसले सचेतना फैलाउने गरेको बताउनुभयो ।

कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले सही नापतौल नै निष्पक्ष व्यापार र वैज्ञानिक विकासको आधार भएको बताउनुभएको थियो । कार्यक्रममा रुपन्देही व्यापार संघमा आबद्ध सुनचाँदी, भाँडा प्लाष्टिक, ग्याँस, मासु, हार्डवेयर, खुद्रा ताथ किराना लगायतका सम्बन्धित विषयका व्यावसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता, गुणस्तर तथा नापतौल कार्यालाय बुटवलका कार्यालय प्रमुख तिलक के.सि.को प्रमुख आतिथ्यता, संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको स्वागत तथा गुणस्तर तथा नापतौल कार्यालय बुटवलका सहायक निरीक्षक रमेश पाण्डेको संचालनमा सम्पन्न भएको थियो । यो दिवस सन् १८७५ मा १७ वटा देशले फ्रान्सको पेरिसमा गरेको मेटर कन्भेन्सनको सम्झनामा मनाउने गरिएको पाइन्छ भने यसले विश्वभर एउटै मापन प्रणाली प्रयोग गर्ने आधार तयार गरेको थियो ।

Views: 3 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top