rccorg.org

व्यापार संघमा विभिन्न वस्तुगत उपसमिति गठन

By Rupandehi Chamber of Commerce March 29, 2026 3 views 0

बुटवल । रुपन्देही व्यापार संघमा आवद्ध होटल तथा रेष्टुरेण्ट व्यवसायी एवं विभिन्न व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । होटल तथा रेष्टुरेण्ट वस्तुगत उपसमिति, अतिरिक्त क्रियाकलाप वस्तुगत उपसमिति र अन्तरदेशीय व्यापार समन्वय उपसमिति गठन गर्दै सुनिल गौतमको संयोजकत्वमा ११ सदस्यीय होटल तथा रेष्टुरेण्ट वस्तुगत उपसमिति तथा प्रदिपप्रसाद पन्थको संयोजकत्वमा ११ सदस्यीय अन्तरदेशीय व्यापार समन्वय उपसमिति गठन गरेको हो ।
होटल तथा रेष्टुरेण्ट वस्तुगत उपसमितिको सह–संयोजकमा नारायण गौतम, सचिवमा कुलचन्द्र गौतम, कोषाध्यक्षमा पवित्रा ज्ञवाली र रामप्रसाद पाण्डेमा सह–सचिव रहनु भएको छ । यस्तै सदस्यहरुमा रोमाकान्त पाण्डे, ध्रुव ज्ञवाली, विष्णु गौतम, प्रेम न्यौपाने, माधव जि.सी., यमबहादुर सारु र सल्लाहकारमा माधवकुमार खनाल, मधुरा भण्डारी रहनुभएको छ । आजै सम्पन्न अन्तरदेशीय व्यापार समन्वय उपसमितिको सह–संयोजकमा बालकृष्ण बस्याल, सचिवमा मेघदेव पन्त, कोषाध्यक्षमा शालिकराम घिमिरे, सह–सचिवमा मनोज पाण्डे रहनुभएको छ । यस्तै सदस्यहरुमा रितेश ज्ञवाली, अभिषेक भट्टराई, मित्रलाल पाण्डेय, मित्रबन्धु भण्डारी, मदन घिमिरे, क्षितिज न्यौपाने र सल्लाहकारहरुमा शंकर ज्ञवाली, मदन अधिकारी, मधु पन्थी रहनुभएको छ ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहाँले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगि बन्न आग्रह गर्नु भयो । उहाँले व्यवसायीहरुको समस्यामा संघले सधै आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै उपभोक्ताहरुको मन जितेर व्यवसाय प्रवद्र्धनमा लाग्न सकेमा मात्र सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै व्यवसायीक एकता र वदलिदो परिस्थितीलाई समयमा चिन्न नसकेमा व्यापार अगाडी बढ्न नसक्ने बताउनुभयो । उहाले व्यवसायी व्यसायीहरुवीचमा स्वच्छ व्यवसायीक प्रतिष्पर्धाहरु हुनु पर्ने बताउदै राज्यका नीतिमा रहेृका कमीकमजोरीलाई सच्याएर आर्थिक विकासमा नीजी क्षेत्रको सहभागिता बढाउनुपर्ने कुरामा जोड दिनुभयो । यस्तै ढकालले अन्तरदेशिय व्यापार समन्वय उपसमिति काठमाडौं बाहिरको पहिलो भएको बताउनु भयो । उहाँले समितिले सक्रियतापुर्वक काम गरी नमूना उपसमिति बन्न शुभकामना दिनुभयो ।
कार्यक्रममा नव गठित संयोजकहरुले आफ्नो कार्यकालमा वस्तुगत उपसमितिलाई सक्रियतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै भेलामा महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, सचिव जयलाल न्यौपाने, महिला सचिव वृन्दा भट्टराई आचार्य, कार्यसमिति सदस्य गोविन्द चापागाई, प्रेमनाथ पाण्डे, माधवप्रसाद ज्ञवाली, टेकराज पन्थी, धर्मदत्त ज्ञवाली लागयतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा प्रकाश पार्नु भएको थियो ।

Views: 3 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top