rccorg.org

सिमा नाकाबाट हुने चोरी पैठारीलाई नियन्त्रण गर्दछौं, प्रजिअ अर्याल

By Rupandehi Chamber of Commerce June 1, 2026 6 views 0

बुटवल, १४ जेठ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सिमानाकाबाट हुने चोरीलाई थप नियन्त्रण गरिने बताउनुभयो । रुपन्देही व्यापार संघले विहीबार संघको सचिवालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहा“ले भन्सार विन्दुबाट हुने चोरी पैठारीलाई सक्दो नियन्त्रण गर्न खोजिएतापनि गैर भन्सार विन्दुबाट हुने गलत गतिविधिलाई पनि नियन्त्रण गरिने बताउनुभयो । कार्यक्रममा बोल्दै उहा“ले उचित मूल्य र गुणस्तरबाट उपभोक्ताहरु ठगिन नहुने कुरामा नियमनकारी निकाय र निजी संस्थाहरुबिच समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो । यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक जनकबहादुर शाहीले जिल्लाको शान्ति सुरक्षा र नागरिकको सुरक्षाका निम्ति प्रहरीले सक्दो भूमिका निर्वाह गरिरहेको बताउ“दै पछिल्लो समयमा भइरहेको बढ्दो ह््याकरको समस्यामा सबैलाई सचेत रहन आग्रह गर्नुभयो । कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले चोरी, पैठारी र तस्करीबाट व्यावसायीहरुलाई धेरै समस्या परेको बताउ“दै राज्यको राजस्वमा पनि यसले असर परेकोले सम्बन्धित निकायको विशेष ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले कृषिजन्य वस्तुमा देखिएको विशादीलाई नियन्त्रण गर्न खाद्य तथा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिदै जिल्लाको शान्ति सुरक्षामा संघले सदैव हातेमालो गर्ने बताउनुभयो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद अधिकारी, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तव, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यता, वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको धन्यवाद एवं महासचिव प्रकाशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Views: 6 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top